प्राध्यापक सुवेदीले नेपालका नयाँ राष्ट्रपति पौडेललाई दिए बधाई
लन्डन- बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले नेपालको राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई दिएका छन्।
लन्डनबाट शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै सुवेदीले राष्ट्रपति पौडेल निष्ठा र सिद्धान्तको राजनीति गर्ने थोरै नेपाली नेताभित्र पर्ने भएकाले त्यस्तो व्यक्ति देशको राष्ट्रपति भएकोमा आँफूलाई विशेष प्रसन्नता मिलेको जनाएका छन् ।
‘पूर्व सभामूखद्वय सुवास नेम्बाङ्ग र रामचन्द्र पौडेल दुवै नेपालको राष्ट्रपतिका लागि योग्य व्यक्ति भएको र उहांहरुबीच मित्रवत प्रतिष्पर्धा भइ पौडेल निर्वाचित भएको कुराले नेपालमा लोकतन्त्र संस्थागत र सुदृढ हुने बाटोमा अग्रसर भएको देखिन्छ’, विज्ञप्तिमा सुवेदीले भनेका छन्, ‘केही समय अघि भएको स्वत्रन्त्र, निष्पक्ष र शान्तिपूर्ण संसदीय निर्वाचन र हालैको राष्ट्रपतिको निर्वाचनले नेपालमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने अभ्यासले राम्रो जग बसाएको र यसले संसारमा नेपालको छवि अभिवृद्धि गर्न र मुलुकलाई सम्वृद्धितर्फ लैजान मद्दत पुग्ने आशा गरिएको छ ।’
नेपालमा गैर राजनीतिक क्षेत्रबाट एक तटस्थ र कानून र न्यायको क्षेत्रको मूर्धन्य व्यक्ति राष्ट्रपति हुन सक्ने वहस चलेका बेला राष्ट्रपतिका लागि एक योग्य व्यक्तिको रूपमा प्रा सुवेदी पनि चर्चामा आएका थिए।
बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सुवेदीले लमजुङदेखि अक्सफोर्डको महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्तिको रूपमा हासिल गरेका उपलब्धिका चांगहरु नेपालका युवायुवतीलाई अत्यन्त प्रेरणादायी छन्। प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन्।
उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् । नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा सुवेदीले दोस्रो जन–आन्दोलनलाई अन्तरराष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए। उनले आफू बेलायतमा रहेर पनि नेपाललाई महत्वपूर्ण योगदान दिएका छन्।
भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिंदै संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकारसमेत भइसकेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५