इरान–साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध पुनः शुरु गर्ने सम्झौताको स्वागत
संयुक्त राष्ट्रसंघ, २७ फागुन–संयुक्त राष्ट्रसंघले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनःशुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ ।
“म महासचिवको तर्फबाट साउदी अरेबिया, इस्लामिक गणतन्त्र इरान र जनवादी गणतन्त्र चीनको संयुक्त त्रिपक्षीय समझदारीलाई स्वागत गर्न चाहन्छु, जसले आज बेइजिङमा इरान र साउदी अरेबियाबीच भएको सम्झौतालाई पुनःशुरु गर्ने घोषणा गरेको छ र दुई महिनाभित्र कूटनीतिक सम्बन्ध पूर्ववत रुपमा अगाडि बढ्ने छ”–संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले दैनिक प्रेस ब्रिफिङमा बताएका छन् ।
ओमान र इराकजस्ता अन्य देशले गरेको प्रयासको प्रशंसा गर्दै उनले भने, “महासचिवले हालै वार्ताको गरेकोमा जनवादी गणतन्त्र चीनको प्रशंसा गर्नुभएको छ ।”
खाडी क्षेत्रको स्थायित्वका लागि इरान र साउदी अरेबियाबीचको असल छिमेकी सम्बन्धलाई “आवश्यक” भनी वर्णन गर्दै डुजारिकले महासचिव क्षेत्रीय वार्तालाई अझ अगाडि बढाउन र दिगो शान्ति र सुरक्षा सुनिश्चित गर्न तयार रहेको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५