आइतबार, पुष २८, २०८१
22:44 | ०४:२९

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

रासस–एएनआई मार्च ११, २०२३

बेइजिङ, २७ फागुन–चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।
यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

यसैबीच, चीनका प्रधानमन्त्री छ्याङले सोमबार बिहान १४ औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ।

कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वा नेटले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस सेन्टरले शनिबार उल्लेख गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू