बुधबार, फागुन १४, २०८१
जर्मनीको एक चर्चमा गोली चल्दा ७ को मृत्यु, कैयौँ घाइते


रासस/सिन्ह्वा
मार्च १०, २०२३
बर्लिन, २६ फागुन—जर्मनीको एक चर्चमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको छ । सो घटनामा अरु कैयौँ घाइते भएका प्रहरीले जनाएको छ ।
बिहीबार राति जर्मनीको ह्याम्बर्गमा रहेको एक चर्चमा गोली चलेको थियो । स्थानीय समयानुसार राति ९ बजे चर्चमा अकस्मात गोली चलेको थियो ।
स्थानीय सञ्चारमाध्यमहरुले सुरुमा उक्त गोलीकाण्डमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको जनाएका थिए । तर यहाँको पत्रिका बिल्डले उक्त गोलीकाण्डमा सात जनाको ज्यान गएको जनाएको छ ।
गोली हान्ने व्यक्तिबारे पहिचान नभएको र प्रहरीले उसको खोजी गरिरहेको जनाइएको छ । उक्त चर्च रहेको क्षेत्रमा ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरेर हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको पनि प्रहरीले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५