बुधबार, फागुन १४, २०८१
यमनमा डुङ्गा दुर्घटना हुँदा २१ को मृत्यु


रासस-सिन्ह्वा
मार्च ८, २०२३
साना- यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो । यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुङ्गामा २७ जना यात्रु सवार थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।
उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा छ ।आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।
डुङ्गा डुबेपछि छ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुरयाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५