आइतबार, पुष २८, २०८१
22:58 | ०४:४३

राष्ट्रसंघीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

रासस-सिन्ह्वा मार्च ८, २०२३

संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसंघीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् ।

राष्ट्रसंघीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुगेको जानकारी दिए । उनले मंगलबार महासचिव गुटरेस पोल्याण्डमा रहेको र बुधबार किभ पुगेर भेटवार्ता गरेको जानकारी दिएका थिए ।

सो भेटवार्ताका क्रममा युक्रेन र रुसबीच सन् २०२२ जुलाईमा भएको मल तथा खाद्यान्न निकासी सम्झौताका विषयमा कुराकानी भएको थियो ।

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू