मेजर डमर घलेलाई पुत्रशोक
लन्डन- बेलायतको नेपाली समुदायमा एक अग्रज समाजसेवी मेजर डमर घलेलाई पुत्रशोक परेको छ ।
एनआरएनए यूके तथा तमुधिं यूकेका पूर्व अध्यक्ष घलेका ज्येष्ठ सुपुत्र सुशील घलेको ४० वर्षकै अल्पायुमा निधन भएको छ।
केही समयदेखि अस्वस्थ रहेका सुशीलको बेलायतमै उपचारका क्रममा सोमबार निधन भएको उनको तमुधिं यूके संस्थापक अध्यक्ष मीन गुरुङले नेपाली लिंकलाई जानकारी गराए। निमोनिया, जन्डिससहितका स्वास्थ्य समस्या भएपछि केही सातादेखि उनी उपचाररत थिए ।
स्वर्गीय घले मेजर डमर घले र मनमाया घलेका तीन सन्तानमध्येका ज्येष्ठ थिए। उनका बाबु, आमा तथा एक भाइ र एक बहिनी सबै बेलायतमा छन्। श्रीमतीसँग अलग भएका उनका कुनै सन्तान भने थिएनन् ।
घलेको असमायिक निधनमा तमुधिं यूकेले शोक व्यक्त गरेको छ। अध्यक्ष हरि गुरुङ तथा सिंगो संस्थाका तर्फबाट स्वर्गीय घलेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरिएको छ।
तमुधिं यूकेको टीम मंगलबार साँझ मिचेटस्थित मेजर घलेको निवास पुगेर समेत समवेदना व्यक्त गरेको छ।
साथै, स्वर्गीय घलेको अन्त्येष्टि कार्यक्रमको संयोजन पनि तमुधिं यूकेले नै गर्ने भएको छ। यही मार्च १८ तारिख वकिङमा उनको अन्त्येष्टि गरिनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५