बुधबार, फागुन १४, २०८१
रेल दुर्घटनामा गल्ती स्वीकार्दै ग्रीसका प्रधानमन्त्रीले मागे माफी


रासस–सिन्ह्वा
मार्च ५, २०२३

ग्रीसको संसद भवन बाहिर आइतबार गरिएको प्रदर्शन। तस्बिर एपी
एथेन्स, २१ फागुन-ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले रेल दुर्घटनामा ५७ जनाको ज्यान गएको र दर्जनौं घाइते देशको सबैभन्दा दर्दनाक घटनाका लागि आइतबार माफी मागेका छन् ।
‘प्रधानमन्त्रीको हैसियतमा पीडितका आफन्तहरूप्रति ठूलो क्षमायाचना गर्दछु । घटनाबारे माफी माग्छु’- प्रधानमन्त्रीको विज्ञप्तिमा भनिएको छ ।
ग्रीसको राष्ट्रिय समाचार एजेन्सीले आइतबार राजनीतिक दल र मजदुर युनियनहरूले बोलाएको रयालीमा हजारौं मानिसले संसद भवन अगाडि विरोध प्रदर्शन गरेका छन्। दुर्घटना लापरबाहीका कारण भएको भन्दै सबै सरोकारवालाले सरकारको निन्दा गर्दै प्रदर्शनलाई तीव्र पारेका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५