आइतबार, पुष २८, २०८१
08:12 | १३:५७

बीसीसी यूकेको बुझबुझारथ

नेपाली लिङ्क मार्च ४, २०२३

लन्डन– बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङले नवनिर्वाचित अध्यक्ष एवं पाँचौं कार्यसमितिका अध्यक्ष हर्क गुरुङलाई हयान्डओभर गरेका छन् ।

गत बिहीबार बीसीसी गुम्बामा बीसीसी यूकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो टासी, पाँचौं कार्यसमितिका उपाध्यक्ष क्या. देव घले र प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङको उपस्थितिमा बुझबुझारथ भएको हो ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायत विभिन्न संघसंस्थामा समेत आवद्ध रहेका धर्म तामाङले बीसीसी यूके स्थापना कालदेखिनै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउने क्रममा २८ फेब्रुअरी २०२१ मा सम्पन्न चौंथो अधिवेशनमार्फत नेतृत्व लिएका थिए ।

उनले आफ्नो दुई वर्षे कार्यकाल गतहप्ता पुरा गरेका थिए ।


स्मरण रहोस्, सन् २००७ सालमा स्थापना भएको बीसीसी यूकेको हालसम्म ले. रि. काजी शेर्पा, ले. रि. नारायणप्रसाद गुरुङ बीइएम, नरेश गुरुङ र धर्म तामाङले अध्यक्षता गरिसकेका छन् भने गतहप्तादेखि हर्क गुरुङले पाँचौं कार्यसमितिको नेतृत्वको जिम्मेवारी लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू