एनआरएन अफ्रिकाको पहलमा कैलालीमा छात्रवृत्ति
नाइजेरिया । नेपालका मेधावी, विपन्न र दुर्गम ग्रामीण क्षेत्रका छात्रछात्रालाई अध्ययनमा सहयोग पुरयाउने उद्देश्यले अफ्रिकाका गैरआवासीय नेपालीहरुको पहलमा स्थापित एनआरएन अफ्रिका छात्रवृत्ति कोषले नेपालका ग्रामीण भेगका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
कोषका संयोजक हिक्मत थापाले यसै हप्ता कैलालीको जानकी गाउँपालिकास्थित अरुणोदय माध्यामिक बिधालय, खैरिफाँटामा कक्षा १० मा अध्ययनरत गरिमा मगर र कविता विश्वकर्मा, कक्षा ११ मा अध्ययनरत बिनु चौधरी र निशा बिश्वकर्मालाई आगामी एक वर्षका लागि स्कुलको सिफारिसमा छात्रवृत्ति प्रदान गरेको जानकारी गराएका छन् ।
यस अघि कोषले गत वर्ष रुकुमका ललित बिकलाई उक्त छात्रवृत्ति प्रदान गरेको थियो । सन् २०२१ मा स्थापित एनआरएन अफ्रिका छात्रवृत्ति कोषमा अहिलेसम्म रु छ लाख ७१ हजार रुपैयाँ अफ्रिकाका एनआरएनहरुबाट जम्मा भएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५