वार्सा, ९ फागुन –अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।
युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडेनले ‘नेटो पहिले भन्दा झन् बलियो’ भएको टिप्पणी गरेका हुन् ।
बाइडेनले आफ्नो पोलिस समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका जनाइएको छ । सो कुराकानीको विस्तृत समाचार आएको छैन् ।