बुधबार, फागुन १४, २०८१
टर्किएमा पुनः शक्तिशाली भूकम्प


रासस-सिन्ह्वा
फ्रेब्रवरी २१, २०२३

तस्बिर सिन्हवा
अङ्कारा । टर्किएमा पुनः शक्तिशाली भूकम्प गएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ भने २९६घाइते भएका छन् । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।
सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
गत माघ २३ गते टर्किए कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको थियो । साथै सो प्राकृतिक प्रकोपमा हजारौँ घाइते भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५