सोमबार, मंसिर १०, २०८१
12:40 | १८:२५

बुल्गेरियाको राजधानी नजिकै ट्रकमा १८ आप्रवासी मृत फेला   

रासस-सिन्ह्वा फ्रेब्रवरी १८, २०२३

सोफिया । बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासी एक परित्यक्त ट्रकमा मृत फेला परेको आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको बताइएको छ ।

आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकालाई अस्पताल भर्ना गरिएको छ । यस विषयमा अनुसन्धान जारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू