बुधबार, फागुन १४, २०८१
सवारी दुर्घटनामा २० जनाको मृत्यु


रासस-एएफपी
फ्रेब्रवरी १४, २०२३
जोहानेसवर्ग–दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् ।
क्षेत्रीय यातायात विभागका एक अधिकारीका अनुसार घाइतेमध्ये दश जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राजमार्ग नजिकको नदीमा पनि बसका यात्री खसेका आशंकामा प्रहरी गोताखोर परिचालन गरेर खोजी भइरहेको छ । दुर्घटनाको कारण सार्वजनिक गरिएको छैन ।
दुर्घटना भएको भेगमा विगत केही दिनदेखि भारी वर्षा भएकाले चिप्लोमा ती सवारी साधनले नियन्त्रण गुमाएका अनुमान गरिएको छ ।
दक्षिण अफ्रिकाका धेरै भूभाग बाढीको चपेटामा परेका छन् । बाढीमा परी हालसम्म सात जनाको ज्यान गएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५