युरोपमा तत्काल दादुरा खोप लगाउन डब्लुएचओको आग्रह


कोपेनहेगन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोप क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यथाशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ । सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले सो आग्रह गरेको हो ।
डब्ल्युएचओ युरोपका अनुसार दादुरा खोपको दुई डोजसहितको न्यूनतम ९५ प्रतिशत नियमित कभरेज भाइरसको फैलावट रोक्न र ठूला प्रकोपहरू पुनः बल्झिनबाट रोक्न यो उपाय पर्याप्त हुनेछ।
यद्यपि, डब्लुएचओले कोभिड-१९ महामारीको प्रतिरक्षा र खोपको खुराक छुटेका कारण बालबालिका सहित अन्य थुप्रै व्यक्तिहरूमा दादुराको सङ्क्रमण बढेको पाइएकाले यथाशीघ्र खोप अभियानलाई तीव्र पार्न अनुरोध गरेको छ ।
डब्ल्युएचओले युरोपेली देशहरूलाई पनि ढिलाइ नगरी स्वास्थ्य अनुसन्धान गर्न र दादुराको निगरानी बढाउन आग्रह गरेको छ। सन् २०१८ र २०१९ मा ठूला दादुराको प्रकोपपछि लगभग दुई लाख जनामा सङ्क्रमण भएको उल्लेख गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५