ब्रिटिश आर्मीमा थपिए २०४ गोर्खा
लन्डन । ब्रिटिश आर्मीमा २०४ जना नयां गोर्खा थपिएका छन् ।
गोर्खा भर्तीको कठोर प्रक्रिया पुरा गरि छनोट भएका ति नेपाली युवा पोखरामा ‘अटेस्टेसन परेड’ मा सहभागी भए । उनीहरुले बेलायती राजा र जनताको रक्षार्थ शपथ पनि लिएका छन् ।
उक्त परेडमा बेलायती रक्षामन्त्री डा. एन्ड्रयू मरिसन, लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डल, नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, ब्रिगेड अफ गोर्खाजका अन्य उच्च अधिकारी, गोर्खा परिवार लगायतको सहभागिता थियो । इन्टेक २३ को अन्तिम छनोट प्रक्रिया ४ फेब्रुअरीमा सकिएको थियो ।
उनीहरु बेलायत आएर इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याटरिक नर्थ योर्कसायरमा झण्डै ९ महिनाको प्रशिक्षण लिएपछि रेजिमेन्टमा आवद्ध हुन्छन् ।
नेपालमा गोर्खा भर्तीप्रतिको आकर्षण उच्च छ । यसका लागि हजारौं युवा छनोट प्रक्रियामा भाग लिने गरेका छन् । अहिले बेलायती सेनामा झण्डै ४ हजार गोर्खा कार्यरत रहेको बेलायती रक्षा मन्त्रालयको तथ्यांक छ ।
उता, भूतपूर्व गोर्खाहरु भने आफ्नो समान हक अधिकारका लागि अझै आन्दोलित छन् । बेलायत, नेपाल सरकार र गोर्खा प्रतिनिधिबीचको त्रिपक्षीय वार्ता सुरु भएपनि निर्णायक विन्दूमा कहिले पुग्ने हो अन्योल नै छ ।
नेपाल भ्रमणमा रहेका बेलायती मन्त्री मरिसनले प्रधान सेनापतिसहित विभिन्न उच्च सरकारी पदाधिकारीलाई भेटेर दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५