सोमबार, फागुन १२, २०८१
गीतकार दीप गिरीको ‘आभारी छु’ गजल सार्वजनिक


नेपाली लिङ्क
फ्रेब्रवरी ११, २०२३
लन्डन । ‘भ्यालेन्टाइन डे’ को अवसरमा प्रेमिकाप्रति समर्पित गर्दै गीतकार दीप गिरीको एउटा नयाँ गजल ‘आभारी छु’ सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको यस गीतमा गायक आनन्द कार्कीले आवाज दिएका छन् भने चांद सिंहले ‘एरेन्ज’ गरेका छन् ।
मोहन कुमार ‘झिल्लु’ को छयांकन रहेको श्रव्यदृश्यमा अनिल कुमार महर्जनको सम्पादन छ । हाल बेलायतमा बस्दै आएका गिरीले यस अघि पनि सुन केशरी, फुटेको ऐना, मौका नै दिएनौ, चारै दिशा, मन खाने माया, रातकी रानी लगायत आधा दर्जन बढी गीत सार्वजनिक गरिसकेका छन् ।
आनन्द कार्कीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक ‘आभारी छु’ बोलको गजल सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिन गीतकार गिरीले आग्रह गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५