आइतबार, पुष २८, २०८१
04:24
|
१०:०९
टर्कीद्वारा उद्धारकार्यमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसंग आह्वान
रासस-एएनआई
फ्रेब्रवरी ६, २०२३
अङ्कारा । टर्की र सिरियामा सोमबार गएको घातक भूकम्पमा परी २६०० भन्दा बढीको ज्यान गएको छ । भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् ।
यसैबीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ ।
टर्कीले स्तर ४’ अलार्म जारी गर्दै सहयोगका लागि अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले ७.८ म्याग्निच्युडको भूकम्पले तहसनहस पारेपछि तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।
यस विपत्तिमा टर्की र सिरियालाई झण्डै ४५ देशले सहयोग तथा उद्दारको घोषणा गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५