आइतबार, पुष २८, २०८१
11:01 | १६:४६

यतीको नेतृत्व लिन अध्यक्षमा रेग्मी र देवानको उम्मेदवारी

नेपाली लिङ्क फ्रेब्रवरी ३, २०२३

लन्डन । बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसन यूकेको भावी नेतृत्वका लागि दुई जना मैदानमा उत्रिएका छन् । 

यही आइतबार लन्डनमा हुने यतीको २९ औं अधिवेशनमार्फत् निर्वाचित हुने नयाँ कार्यसमितिको अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गरेका हुन्। १७ सदस्यीय कार्यसमितिका विभिन्न पदमा कुल जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानका अनुसार उम्मेदवारी दर्ताका लागि निर्धारित शुक्रबार दिउँसो एकदेखि दिउँसो चार बजेसम्मको समयभित्र अध्यक्ष पदमा बाचस्पति रेग्मी र पिपला देवानको उम्मेदवारी परेको छ। 

अध्यक्षमा उम्मेदवारी दिने देवान संस्थाकी पूर्व अध्यक्ष हुन्। चार वर्षअघि अध्यक्ष निर्वाचित भएकी उनले कार्यकाल पूरा नहुंदै राजीनामा गरेकी थिइन्। त्यस्तै, अर्का उम्मेदवार रेग्मी संस्थाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव हुन् ।

निर्वाचन समितिका संयोजक उमेशराज मोक्तानले एकभन्दा बढी उम्मेदवारी परेका सबै पदमा स्वच्छ र निष्पक्ष निर्वाचन गराइने प्रतिवद्धता गरेका छन्। निर्वाचन समितिमा राजकुमार त्रिपाठी सदस्यसचिव तथा राजेन्द्र पुडासैनी, राजन खकुराल, शंकर दाहाल, विपिन निरौला र मिन बांनिया सदस्य छन् ।  

यतीको अधिवेशन लन्डनको ह्यारो फुटबल क्लबमा आइतबार देखि बजेसम्म निर्धारित छ। 

यती नेपाली एशोसिएसन युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था हो। पछिल्ला वर्षहरुमा संस्था निष्क्रिय रहेपनि यसपटक यतीको नेतृत्वमा आउन आकर्षण बढेसंगै संस्थाकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी सदस्य बनेका छन्। 

निर्वाचन समितिले शुक्रबार जारी गरेको मतदाता नामावलीमा जम्मा ६ सय ८७ सदस्य समावेश छन् । जसमध्ये ६ सय २७ साधारण तथा ६० जना आजीवन सदस्य छन्। 

यतीको नेतृत्वका लागि यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचनमा एनआरएनए र बेलायतस्थित विभिन्न नेपाली राजनीतिक दल वृत्तका शक्ति केन्द्र एवम् हर्ताकर्ताहरुले पनि सक्रिय बनेर आफ्ना उम्मेदवारलाई ब्याक गरेको चर्चा छ । 

संस्थाप्रतिको आकर्षण बढ्नु सकारात्मक रहेपनि निर्वाचनकै मुखमा रातारात सयौं सदस्य बन्नु र बाह्य चलखेल हुनुले भने संस्थालाई एनआरएनएजस्तै विवादित र विभाजित बनाउने हो कि भन्ने आशंका पनि उब्जाइदिएको छ ।

अरु धेरै पद निर्विरोध-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू