भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो



तस्बिर एएफपी
नयाँ दिल्ली, १२ माघ–इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीको प्रमुख आतिथ्यमा भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ ।
भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
समारोहमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंह, संघीय मन्त्रीहरू, वरिष्ठ सरकारी अधिकारीहरू, विदेशी कूटनीतिज्ञहरू र विशिष्ट व्यक्तिहरू र हजारौं अन्य व्यक्ति उपस्थित थिए ।
सन् १९५० मा भारतको संविधान लागू भएको थियो ।
कार्यक्रमको सिलसिलामा भारतीय सेना र अन्य सुरक्षा बलका विभिन्न अंगका केही टुकडीहरूले राष्ट्रपति भवनलाई ऐतिहासिक ‘इन्डिया गेट’सँग जोड्ने सडक ‘कर्तव्य पथ’ मा प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले भारतका विभिन्न राज्यलाई प्रतिनिधित्व गर्दै कला र संस्कृति झल्कने रंगीचंगी झाँकीहरूको शृङ्खला प्रस्तुत गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५