बिहीबार, फागुन १५, २०८१
जहाज डुब्दा छ चिनियाँ नागरिकसहित ८ को मृत्यु


रासस/एएफपी
जनवरी २६, २०२३

दक्षिण कोरियाली तटरक्षकहरू खोजी अभियानमा
बेइजिङ, १२ माघ–जापानको तटमा एउटा जहाज डुबेर छ चिनियाँ नागरिकसहित आठ जनाको मृत्यु भएको चिनियाँ कूटनीतिज्ञले बिहीबार राज्य सञ्चारमाध्यमलाई बताएका छन् ।
जिन टियानका अनुसार मंगलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट संकटको संकेत पठाइएको थियो ।
जापानको कोस्ट गार्ड र सेनाका धेरै विमान साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न छन् । १३ जना चालकदलका सदस्यलाई पानीबाट बाहिर निकालिएको थियो ।
फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये छ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेका चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५