बिहीबार, फागुन १५, २०८१
९३ औँ जन्मदिनमा अन्तरिक्षयात्री एल्डरिनले गरे विवाह


रासस–एपी
जनवरी २२, २०२३
लस एञ्जलस, ८ माघ- अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गरेका छन् ।
सानो पारिवारिक जमघटबीच शुक्रबार आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
शनिबारसम्म ५३ हजारले उनको ‘स्टेटस’ मनपराएर ‘लाइक’ र ‘लभ’ संकेत प्राप्त भएको थियो भने धेरैले नवदम्पतिको तस्बिर ‘पोष्ट’ गरेका थिए । प्रेमीप्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उनले उल्लेख गरेका छन् ।
अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चद्रयात्रा गरेका एल्डरिनले सन् १९६९ को जुलाई २० मा आर्मस्टङसँगै चद्रमाको सतहमा पाइला राखेका थिए ।
चन्द्रमामा मानव पुरयाएर सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उनीहरूले पूरा गरेका हुन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५