बेलायती संसदमा गुञ्जियो नेपाली राष्ट्रगान (भिडियो)


लन्डन- बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजले वेष्ट मिनिस्टरस्थित बेलायती संसदमा विशेष सांगीतिक प्रस्तुति गरेको छ ।
ब्रिगेडमा कार्यरत ३७ जना गोर्खा सैनिकहरु सम्मिलित ब्यान्डले विहीबार संसदमा ‘हिमालयका धुन’ हरुको सांगीतिक प्रस्तुति गरेको बीबीसीले उल्लेख गरेको छ।
उक्त अवसरमा गोर्खा ब्यान्डले नेपालको राष्ट्रिय गान ‘सयौं थुँगा फूलका ..’ को धुन समेत बजायो।
‘हाउस अफ कमन्स’ का सभामुख सर लिन्ड्से होएलले गोर्खाहरुलाई संसदमा स्वागत गरेका थिए। त्यस क्रममा उनले गोर्खाहरुलाई सबैभन्दा बढी प्रोफेसनल, इमान्दार र बहादुर सैनिकहरु भन्दै प्रशंसा गरेका थिए।
बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा प्रस्तुतिपछि गोर्खाहरुले उपल्लो सदन ‘हाउस अफ लर्ड्स’ मा आयोजित एक च्यारिटी डिनरमा पनि भाग लिएका थिए।
नेपालमा भूतपूर्व गोर्खाका परिवारहरुलाई आवश्यक घर निर्माणका लागि कोष जुटाउन फन्ड रेइजिङ डिनर गरिएको थियो।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्
भिडियो र तस्विर स्रोत: बीबीसी/फोर्सेज न्यूज
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५