चीनमा पहिलो पटक जनसङ्ख्या घट्यो


बेइजिङ, ३ माघ–चीनमा दशकौँपछि पहिले पटक जनसङ्ख्या घट्दोक्रममा देखिएको छ ।
राष्ट्रिय तथ्याङ्क ब्युरोले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा आठ लाख पचास हजार जनसङ्ख्या कम पाइएको छ ।
यो सङ्ख्यामा हङकङ, मकाउ र विदेश रहेका बासिन्दाहरू बाहेक मुख्य भूमि चीनमा मात्र रहेको जनसङ्ख्या हो । यहाँ गत वर्ष एक करोड ४१ लाख मृत्यु दर्ता गरिएको थियो भने ९० लाख ५६ हजार नवजात जनसङ्ख्या थियो।
यो सँगै कुल जनसङ्ख्या १.४१ अर्ब छ । कुल जनसङ्ख्यामा पुरुषको सङ्ख्या ७२ करोड र महिलाको सङ्ख्या ६८ करोडको हाराहारीमा पुगेको छ ।
जनसङ्ख्यामा देखिएको यो गिरावट देशले अङ्गीकार गरेको एक सन्तानको कडा नीतिको परिणाम रहेको बताइएको छ ।
पछिल्लो समय चीनले एक सन्तानको नीति त्यागेर दुई वा तीन सन्तान जन्माउन प्रोत्साहन गर्न खोजेको छ तर त्यो नीति पनि त्यति प्रभावकारी देखिएको छैन । जनसङ्ख्यामा आएको यो गिरावटमा अर्को मुख्य कारक तत्त्वकारूपमा शहरी क्षेत्रमा बालबालिका हुर्काउने लाग्ने खर्चलाई पनि लिने गरिएको छ ।
चीन लामो समयदेखि विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्र बनेको छ यद्यपि भारतले चीनलाई छिट्टै उछिन्ने अपेक्षा गरिएको छ ।
हाल भारतको जनसङ्ख्या १.४ अर्बभन्दा बढी रहेको र बढ्दै गइरहेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५