बिहीबार, फागुन १५, २०८१
नाइजेरियाको सवारी दुर्घटनामा १६ को मृत्यु


रासस-सिन्ह्वा
जनवरी १६, २०२३
अबुजा- नाइजेरियामा भएको सवारी दुर्घटनामा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । नाइजेरियाको मध्य प्लाटेउ राज्यमा भएको दुर्घटनामा परी ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार भएको सो दुर्घटनमा परेर अरु केही व्यक्ति घाइते भएका छन् ।
यात्रुहरु रहेको एक बसलाई सडकमा ट्रकले ठक्कर दिएको थियो । त्यस दुर्घटनामा परेर १६ जनाको ज्यान गएको छ । बसमा कम्तीमा पनि ९० जना यात्रु रहेका बताइएको छ । यात्रुहरुमध्ये अधिकांश घाइते भएका र उनीहरुलाई अस्पताल पुरयाइएको छ ।
सो प्रान्तका प्रान्तीय सुरक्षा अधिकारीले उक्त दुर्घटनामा परेर ८३ जना यात्रु घाइते भएका जनाए । घाइतेहरुलाई तत्कालै अस्पताल पुरयाइएको थियो ।उक्त राज्यको मंगु गाउँनजिकै सो दुर्घटना भएको हो । यहाँको सडकको अवस्था, सवारी चालकहरुको लापरबाही र अन्य कारणले यहाँ सडक दुर्घटना प्राय हुने गर्दछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५