आइतबार, पुष २८, २०८१
13:39 | १९:२४

मृत्युदण्डको बदला बेलायतद्वारा इरानमाथि प्रतिबन्ध

रासस-सिन्ह्वा जनवरी १४, २०२३

लण्डन, ३० पुस—बेलायतले इरानी महान्यायाधिवक्तामाथि प्रतिबन्ध लगाएको छ ।

जासूसीको आरोपमा बेलायती नागरिक अलिरेजा अकबरीलाई शनिबार मृत्युदण्ड दिएको भन्दै बदलामा इरानका महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीमाथि बेलायतले प्रतिबन्ध लगाएको हो । 

‘मोन्टेजेरीविरूद्धको बेलायती प्रतिबन्धले अलिरेजा अकबरीको मृत्युदण्डप्रतिको हाम्रो घृणा (विरोध) लाई सङ्केत गर्छ’- बेलायतले भनेको छ । 

महान्यायाधिवक्ता मोन्टेजेरीलाई इरानले अकबरीविरूद्धको मृत्युदण्डको घोषणाका लागि मुख्य जिम्मेवार ठहर गरेकोले उनीविरूद्ध प्रतिबन्धको घोषणा गरिएको हो । 

विदेश मन्त्री जेम्स क्लेभरलीले एक ट्वीटमा बेलायतले बर्तमान् इरानी सत्तालाई मानव अधिकार उल्लङ्घनका लागि जवाफदेही रहेको दावी गरेका छन् ।

इरानी जेलमा रहेका ६१ वर्षीय अकबरीलाई ‘भ्रष्टाचार गरेको र गुप्तचर सूचना दिएर देशको आन्तरिक तथा बाह्य सुरक्षामा क्षति पुरयाएको’ अभियोगमा फाँसी दिइएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार जनाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू