ब्राजिल दङ्गामा सहभागी एक हजार दुई सय पक्राउ



राष्ट्रपतिको मुख्यालयमा तोडफोड गरिएपछि फुटेका सिसा सफा गर्दै एक कामदा। तस्विर सिन्हवा
ब्रसिलिया, पुस २६ – ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि सोमबार व्यापक मात्रामा तोडफोड गरेका थिए ।
उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालयमा पनि आक्रमण गरेका थिए । उनीहरुले संसद भवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए । प्रहरीले आइतबार रातिको सो घटनाको अनुसन्धान गर्ने क्रममा राति नै करिब तीन सय जनालाई पक्राउ गरेको थियो ।
त्यस लगत्तै प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने काम थालेको थियो ।
यहाँको राष्ट्रपतिका रुपमा लुइज इनासियो लुला दा सिल्भा शक्तिमा आएपछि उनको विरोधमा पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले सो विरोध गरेका हुन् ।
उनीहरुले राष्ट्रपतीय निर्वाचनको विरोध गरेका थिए । प्रदर्शनकारीहरुले राजधानी सहरमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगजनी गरेका थिए ।
त्यसपछि प्रधानन्यायाधीशले उनीहरुलाई पक्राउ गरेर कारबाही गर्न प्रहरी प्रशासनका नाममा आदेश पनि दिएका थिए ।
यही जनवरी १ मा ब्राजिलका राष्ट्रपतिको शपथ लिएका लुलाले हिंसामा सहभागी भएका सबैलाई कानून अनुसार कारबाही हुने जानकारी दिएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५