आइतबार, पुष २८, २०८१
05:25 | ११:१०

साझा बसमा राष्ट्रपति सरर…

रासस जनवरी ७, २०२३

पाटन । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका आइपुगेकी छन् ।

राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका आइपुगेकी हुन् ।

हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालय समेत अवलोकन गरिन् । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन् ।

पुस्तकालय अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उनले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन् ।

काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास प्रस्थान गरिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू