बुधबार, वैशाख १०, २०८२
अमेरिकामा १५ औं चरणको मतदानपछि नयाँ सभामुख चयन


रासस–सिन्ह्वा
जनवरी ७, २०२३

नवनिर्वाचित सभामुख केभिन म्याकार्थी । तस्बिर एएफपी
वासिङ्टन, २३ पुस–अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।
क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५ औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरे । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।
कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटककोसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो ।
डेमोक्रयाटहरूले भने न्यूयोर्कका डेमोक्रयाट कङ्ग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५