आइतबार, पुष २८, २०८१
13:41
|
१९:२६
बेलायतमा हडताल बढ्दै गएपछि सरकारद्वारा वार्ताका लागि आह्वान
रासस-एएफपी
जनवरी ६, २०२३
लन्डन, २२ पुस–बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् ।
युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर गर्दै गएपछि प्रधानमन्त्रीले सो आह्वान गरेका हुन् ।
प्रत्येक सरकारी विभागले आफ्नो जिम्मेवारी क्षेत्रमा हडताल गर्ने मजदुरहरूको प्रतिनिधित्व गर्ने युनियन नेताहरूलाई सोमबार बैठकमा आमन्त्रित गर्न पत्र पत्राचार गरिएको छ ।
‘हामी हाम्रा सार्वजनिक क्षेत्रका कामदारहरू विशेष गरी हाम्रा नर्सहरू लगायतको समस्यामा गम्भीर छलफल गर्न चाहन्छौँ ‘-प्रधानमन्त्रीले भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ