आइतबार, पुष २८, २०८१
10:46 | १६:३१

म्यान्मारमा सात हजार बन्दीलाई आममाफी घोषणा   

रासस-एएफपी जनवरी ४, २०२३

नेपिट, म्यानमार, २० पुस–म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ ।

प्रजातान्त्रिक नेत्री आङ सान सुचीको जेल सजाय ३३ वर्ष पुरयाइएको केही दिनपछि यस्तो घोषणा भएको हो ।

सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृङ्खलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ ।

बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा आज ‘ट्यांक’, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’ मा प्रदर्शन गरिएको थियो । परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू