सोमबार, मंसिर १०, २०८१
15:42 | २१:२७

श्रीलंकाको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

रासस/सिन्ह्वा जनवरी ३, २०२३

कोलम्बो, १९ पुस–आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ ।

सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ ।

गत महिना ९२ हजार पर्यटकले श्रीलंका भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आमोदप्रमोदका निम्ति आएका थिए ।

कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक संकटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू