बुधबार, वैशाख १०, २०८२
मेक्सिकोको सर्वोच्च अदालतमा पहिलो महिला प्रधानन्यायाधीश


रासस–एएनआई
जनवरी ३, २०२३
मेक्सिको सिटी, १९ पुस–मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।
मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव संगालेकी नोर्माले चार उम्मेद्वारलाई पछि पार्दै सो परिणाम निकालेकी हुन् ।
विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन् – ‘म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं ।’
हर्नान्डेजलाई सन् २०१५ को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनित गरिएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५