युक्रेनी राजधानीमा निरन्तर हवाइ आक्रमण



रुसको हवाइ आक्रमणमा आंशिक क्षतिग्रस्त कीभस्थित भवन । तस्बिर- सिन्हवा
कीभ, १८ पुस–युक्रेनको राजधानी कीभमा आइतबार राति रुसी सेनाद्वारा हवाइ हमला भएको छ । शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
कीभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ ।
हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवे सञ्चालनमा बाधा पुगेको छ ।
यसैगरी कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् । यद्यपि युक्रेनी आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहती भने भएको छैन् ।
रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको छ । त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरिएको थियो ।
यद्यपि ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५