शनिबार, चैत १, २०८१
संघीय संसद् अधिवेशन पुस २५ गते आह्वान


रासस
डिसेम्बर २७, २०२२

नयाँ वानेश्वरस्थित संघीय संसदभवन । तस्बिर- चन्द्रकला क्षेत्री/रासस
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
उनले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गरेकी हुन् ।
यसैबीच, संघीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ