सोमबार, पुष २९, २०८१
18:50 | ००:३५

बेलायत कांग्रेसको चियापान तथा मेलमिलाप दिवस

नेपाली लिङ्क डिसेम्बर २७, २०२२

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको केन्ट क्षेत्रीय इकाइले चियापान तथा मेलमिलाप दिवस सम्पन्न गरेको छ ।

अध्यक्ष किरण राईको संयोजनमा सोमबार अंग्रेजी नयां वर्ष शुभकामना आदानप्रदानसहित मेलमिलाप दिवस मनाइएको हो ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र नेपाली कांग्रेसको भविष्यबारे आआफ्नो धारणा राखेका थिए ।

सभापति गुरुङले गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री भएकामा असन्तुस्टि व्यक्त गरे । जनसम्पर्क समिति बेलायतको विधानमा चक्रीय प्रणाली नभएको र केन्द्रबाट अनुमोदन नभइन्जेल आफ्नै नेतृत्वमा एनपीसीसी यूके रहने गुरुङले बताए । 

कार्यक्रममा समितिकी महामन्त्री रोमियन लिम्बु, उपसभापति रिचर्ड गुरुङ, पूर्व सभापति विनोद मोक्तान लगायतको उपस्थिति थियो ।

सो अवसरमा दरबार ककटेल बार एण्ड लाउन्ज सञ्चालन गरेकोमा उपसभापति रिचर्ड गुरुङलाई बधाइ समेत दिइयो ।


नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउने गर्छन् । 

बेलायतमा सार्वजनिक विदा पारेर केही दिन अगाडि दिवस मनाइएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू