बुधबार, वैशाख १०, २०८२
दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो


रासस/सिन्ह्वा
डिसेम्बर २५, २०२२

विष्फोटन स्थल । तस्बिर सिन्हवा
जोहानेसबर्ग, १० पुस–दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् ।
शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।
घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ ।
विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५