सोमबार, मंसिर १०, २०८१
17:36 | २३:२१

गैरकानूनी रुपमा सञ्चालित नर्सिङ होम आगलागीमा २० को मृत्यु

रासस–सिन्ह्वा डिसेम्बर २४, २०२२

भ्लादिभोस्टक, ९ पुस–रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा गैर कानूनी रुपमा सञ्चालित निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएका छन् ।

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । हिटिङ् चलाउने क्रममा समस्या आउँदा उक्त आगलागी भएको हो ।

शुक्रबार राती एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू