आइतबार, पुष २८, २०८१
11:56 | १७:४१

कांग्रेस संसदीय दलको नेतामा देउवा कि गगन थापा ?

रासस डिसेम्बर २०, २०२२

नेका संसदीय दलको उम्मेदवारी दर्ता गर्दै प्रम देउवा र महामन्त्री थापा । तस्बिर- रोशन सापकोटा/रासस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

त्यस्तै महामन्त्री थापाको प्रस्तावक डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा छन् ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू