बेलायत कांग्रेसको संस्थापन पक्ष भन्छ- चक्रीय प्रणाली छैन, गुरुङ नै तीन वर्ष सभापति
लन्डन। नेपाली कांग्रेसको बेलायतस्थित शुभेच्छुक संगठन नेपाली जनसम्पर्क समिति (एनपिसीसी) यूकेको नेतृत्वबारे समितिमा विवाद देखिएको छ।
संस्थामा चक्रीय प्रणालीबाट महेश दाहाल कार्यकारी सभापति बनेको खबर बाहिरिएपछि समितिको संस्थापन पक्षले खण्डन गरेको छ।
संस्थाका महामन्त्रीहरु ईन्द्रहाङ लिङदेन, रोमियन लिम्बू र नोर्बु शेर्पाले विहीबार एक वक्तव्य जारी गर्दै संस्थामा कुनै चक्रीय प्रणाली लागू नभएको र सभापति युवराज गुरुङकै नेतृत्व तीन वर्ष कायम रहने जिकिर गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘नेपाली जनसम्पर्क समिति बेलायतको विधान, नेपाली कांग्रेसको विधान तथा निर्देशिका विपरित विभिन्न मिडियामा कथित चक्रीय प्रणालीको हवला दिएर आएका समाचारहरु पूर्णरुपमा गलत र चक्रीय प्रणाली अवैधानिक भएको जानकारी गराइन्छ ।’
वक्तव्यमा महेश कुमार दाहाल र युवराज सिंह समेतको उपस्थितिमा बसेको बैठकले नेपाली कांग्रेसको कुनै पनि तहको विधिविधानमा हालसम्म कतै नभएको चक्रीय प्रणालीको व्यवस्था र अभ्यास नभएको ठहर गर्दै नेपाली कांग्रेसको निर्देशन बमोजिम त्यस्तो प्रणालीले वैधानिक रुपमा मान्यता नदिने निर्णय गरेको समेत दाबी गरिएको छ ।
वक्तव्य: