आइतबार, पुष २८, २०८१
13:36 | १९:२१

राष्ट्रसङ्घ मुख्यालयमा गान्धीको प्रतिमा राख्ने तयारी

रासस-एएनआई डिसेम्बर १४, २०२२

न्युयोर्क, २८ मङ्सिर-यहाँस्थित संयुक्त राष्ट्रसंघको प्रधानकार्यालय परिसरको उत्तरी भागमा अहिंसाका अभियन्ता महात्मा गान्धीको प्रतिमा राखिने भएको छ । महासचिव एन्टोनियो गुटेरेस र भारतका विदेशमन्त्री एस जयशंकरले अनावरण गर्ने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंकका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले बताएकी छन् ।

राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच नयाँ सदस्यसहित परिषद्का अन्य सदस्यहरूको उपस्थितिमा प्रतिमा अनावरणको कार्यक्रम हुने उनले बताइन् ।

राष्ट्रसंघको मुख्यालयमा राखिने गान्धीको प्रतिमा पहिलो हुनेछ । भारतले विश्वसंस्थालाई प्रदान गरेको यो प्रतिमा पनि पहिलो हो ।

भारतका विदेशमन्त्री दुईदिने औपचारिक भ्रमणको सिलसिलामा हाल अमेरिकामा छन् । मंगलबार उनले महासभाका अध्यक्ष साबा कोरोसीसँग भेटवार्ता गरेका थिए । उनीसँग बहुपक्षीयताको महत्वबारे छलफल भएको विदेशमन्त्रीले बताएका छन् । साथै उनले जापानका विदेश राज्यमन्त्री यामादा केन्जीसँग पनि भेटवार्ता गरेका थिए ।

भारत र जापानले सुधारिएको बहुपक्षीयतालाई अगाडि बढाउन मिलेर काम गर्नेबारेमा उनीहरूले विचार आदानप्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू