बेलायतमा पहिलोपटक व्यवसायिक लिम्बु भिडियो निर्माण (भिडियोसहित)
लन्डन । बेलायतमा पहिलोपटक लिम्बु गीतको व्यवसायिक म्यूजिक भिडियो निर्माण गरिएको छ । लामो समयदेखि बेलायतलाई कर्मथलो बनाएकी गीतकार कल्पना आङबुहाङको गीत ‘तरेबा थिक निसुङरो’ मा बनेको म्यूजिक भिडियो लिम्बु समुदायको महान पर्व चासोक तङ्नाम कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
आङबुहाङले एक सय बढी गीत रचना एवं हालसम्म २५ बढी भिडियो निर्माण गरेकी छन् ।
बेलायतको रमणीय स्थानसंगै सिसेक्पा तङ्नाम मेलामा समेत छायांकन गरिएको ‘तरेबा थिक निसुङरो’ मा कला चेम्जोङ र विकास तुम्वापोले स्वर भरेका छन् भने संगीत र म्यूजिक एरेन्ज टेकेन्द्र याक्सोको छ ।
भिडियोमा प्रवासमा रहेर पनि कला क्षेत्रमा सक्रिय कलाकार कमला सेन्दाङ लिम्बु र सबिन तुम्बाहोङ्फे लिम्बुको अभिनय छ ।
बेलायतको अटम मौसममा छायांकन गरिएको भिडियोमा कमला र सविनको रोमाञ्चक दृश्य देख्न सकिन्छ । त्यस्तै रेकर्डिङ सागर सुब्बा र बिसी राईको छ भने भिडियो छायांकन, सम्पादन, निर्देशन कुशल श्रेष्ठ र भिडियो निर्माण पुरणकुमार याक्सोले गरेका हुन् ।
उक्त भिडियो प्रिमियरको आयोजना याक्थुङ माङगेन्ना चुम्लुङ, यूकेले आयोजना गरेको हो । आयोजकले भिडियोसंग सम्बन्धित व्यक्तिहरुलाई सम्मान गरेका थिए । उक्त कार्यक्रम सञ्चालन नायिका रोमियन लिम्बुले गरेकी थिइन् ।
म्यूजिक भिडियो-