बलिउड अभिनेत्री शिल्पा शेट्टीका पतिको धरौटी स्वीकार


नयाँदिल्ली । सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा अग्रीम धरौटी स्वीकार गरेको छ ।
न्यायाधीश केएम जोसेफ र बिभी नागरथनाको इजलासले आवश्यक परेका बेला अनुसन्धानमा सहयोग गर्न आदेश दिँदै नियमित जमानतका निम्ति मुम्बइ ट्रायल कोर्टमा सुझाएको छ । महाराष्ट्र प्रहरीले पनि राजकुन्द्रालगायतको उक्त मुद्दामा भएको आदेशको विरोध गरेको छैन ।
आरोपितहरूले आफूहरूमाथि लगाइएका मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । साइबर कानुनअन्तर्गत महाराष्ट्र प्रहरीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
महाराष्ट्र प्रहरीका अनुसार उनीहरूले सार्वजनिक मर्यादा भंग गर्दै अश्लील भिडियो खिचेर ‘हटसट’ नामको मोबाइल एप्लिकेसनमार्फत वितरण गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५