आइतबार, भदौ २३, २०८१
02:54 | ०७:३९

लन्डनमा १५ वर्षदेखि आफ्नै खर्चमा पृथ्वी जयन्ती मनाउंदै क्षेत्री, थपे पुरस्कार

नेपाली लिङ्क डिसेम्बर १०, २०२२

फाइल तस्बिर

लन्डन । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले यस वर्ष पनि राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले आउंदो २७ पुष २०७९ अर्थात ११ जनवरीका दिन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन लागिएको जनाए । हिमालयन क्लव रेष्टुरेन्ट सड्बरीमा दिउसो १२.३० बजे कार्यक्रम तय गरिएको हो ।

कार्यक्रम संयोजक समेत रहेका भरत क्षेत्रीले उक्त विशेष कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा गरेका छन् ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री

यसैबीच, संस्थाले यस वर्षपनि पृथ्वी पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष क्षेत्रीले एकजना कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र बुद्धिजिवी साथै पृथ्वी नारायण शाहका बारेमा गहिरो दख्खल राक्ने व्यक्तिलाई एक लाख रुपैयांको पुरस्कार दिइने जनाए । पृथ्वी नारायण शाह जन्मेको ठाउं गोरखा पोखरीथोक बजारमै कार्यक्रम गरि उक्त पुरस्कार दिने व्यवस्था गरेको उनले बताए ।

यो पुरस्कार राशी उनी आफैंले प्रवन्ध गरेका हुन् । गत वर्ष नेपालका राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीलाई एक लाख रुपैंयाको पहिलो पुरस्कार दिइएको थियो ।

संगठनका अध्यक्ष भरत क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् । राजनीतिक संक्रमणका बेला पनि क्षेत्रीले आफ्नो एकल प्रयासमा बेलायतका वुद्धिजिवी तथा दूतावास प्रतिनिधि निम्त्याएर पृथ्वी जयन्ती गर्न छुटाएका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू