आसाममा ७० करोड बराबरको लागूऔषध नियन्त्रणमा



फाइल तस्बिर- गेट्टी इमेजेज
काछार, २४ मङ्सिर–आसामको काछारमा शुक्रबार राति करिब ६०–७० करोड रुपैयाँ बराबरको अवैध लागूऔषध बरामद गरि पाँच जनालाई पक्राउ गरिएको छ ।
यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम नछाप्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, ‘सूचनाको आधारमा अनुसन्धान गर्दा काछार जिल्लाको प्रहरी टोलीले शुक्रबार राती मिजोरमबाट आउँदै गरेका दुई ट्रकलाई रोकी खानतलासी गर्दा बरामद गरेको हो ।’
‘हामीले घटनास्थलबाट चार जना र पछि थप एक जनालाई पक्राउ गरेका छौं। एउटा ट्रक पनि नियन्त्रणमा लिइएको छ’, प्रहरी अधिकारीले उल्लेख गरेका छन् ।
बरामद लागूऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २०० करोडभन्दा बढीको लागूऔषध बरामद गरेको बताए ।
यसअघि, तीन लागूऔषध कारोबारी र आसामको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको लागूऔषध पक्राउ गरिएको थियो।
सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् ।
खोजीका क्रममा दुईवटा गाडीबाट ३० हजार प्रतिबन्धित याबा ट्याब्लेट र ७५७.१५ ग्राम हेरोइन लगायतका सामान बरामद गरिएको पनि प्रहरीले बताएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५