चिनिया राष्ट्रपति र कतारी अमिरबीच विश्वकपबारे छलफल


रियाद, २३ मङ्सिर-चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताबारे छलफल भएको छ ।
साउदी अरबको राजकीय भ्रमणमा रहेका राष्ट्रपति सी र कतारी अमिरबीच आज यहाँ भएको भेटवार्तामा विश्वकप प्रतियोगिताबारे छलफल भएको हो ।
चीनका राष्ट्रपतिले विश्वकपको पूर्ण सफलताको कामना गर्दै कतारले खेलको सफल आयोजना गरेर आफ्नो योग्यता प्रस्तुत गरेको बताए । उनले आजको अनिश्चित विश्वमा त्यसले ताजा र सकारात्मक उर्जा दिएको बताए ।
कतारी अमिरले राष्ट्रपतिको शुभकामनाका लागि कृतज्ञता ज्ञापन गर्दै विश्वलाई आज अरब संसारको क्षमता र भावनाबारे जान्न खेलहरू आवश्यक भएको बताए ।
चिनियाँ कम्पनीले विश्वकपका लागि मुख्य रंगशाला निर्माण गरेको तथा दुई वटा पाण्डाको कतार आगमनले खेलकुदको उत्सवमय वातावरणमा नयाँ आकर्षण थपिएको बताउँदै कतारी अमिरले त्यसबाट आफ्नो देश र चीनबीचको मैत्रीलाई थप सुदृढ तुल्याएको विचार व्यक्त गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५