बेलायतवासी कल्पना आङबुहाङको ‘तारेबा थिक निसुङरो’ आउँदो आइतबार


लण्डन- लामो समयदेखि बेलायतलाई कर्मथलो बनाएकी गीतकार कल्पना आङबुहाङको शब्दमा तयार भएको लिम्बु गीत ‘तारेबा थिक निसुङरो’ को म्यूजिक भिडियो ११ डिसेम्बर आइतबार एक कार्यक्रमबीच सार्वजनिक गरिने भएको छ ।
बेलायतमै छायांकन गरिएको हो म्यूजिक भिडियो ।
बेलायतको रमणीय स्थानसंगै सिसेक्पा ताङनाम मेलामा समेत छायांकन गरिएको ‘तारेबा थिक निसुङरो’ मा कला चेम्जोङ र बिकास तुम्वापोले स्वर भरेका छन् भने संगीत र म्यूजिक एरेन्ज टेकेन्द्र याक्सोको छ ।
भिडियोमा प्रवासमा रहेर पनि कला क्षेत्रमा सक्रिय कलाकार कमला सेन्दाङ लिम्बु र सबिन तुम्बाहोङफे लिम्बुको अभिनय छ । रेकर्डिङ सागर सुब्बा र बिसी राईको छ भने भिडियो छायांकन, सम्पादन, निर्देशन कुशल श्रेष्ठ तथा भिडियो निर्माण पूर्ण कुमार याक्सोले गरेका छन् ।
आङबुहाङले एक सय बढी गीत रचना एवं हालसम्म २५ बढी भिडियो निर्माण गरिसकेकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५