युक्रेनलाई क्षतिपूर्ति दिन रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव



युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लियोन । तस्बिर- एपी
ब्रसेल्स, १४ मङ्सिर—युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियोनले एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छन् ।
उनले भनिन्, “हामीले रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरेका छौं । साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं ।”
अन्तराष्ट्रिय बजारमा बुधबार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ ।
उनले थपिन्, “छोटो अवधिमा, युरोपेली संघ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन् । हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ ।”
ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव गरिरहेको जनाउंदै उनले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्ने पनि जनाइन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५