शनिबार, वैशाख ६, २०८२
हिमाल सागरको रोमान्टिक गीत ‘ए हो र माया’ सार्वजनिक


नेपाली लिङ्क
नोभेम्बर २९, २०२२
गायक हिमाल सागरद्वारा स्वरवद्ध उनको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ ।
‘तीन दिनमा ७ लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १० लाख भन्दा बढी दर्शकले युट्युबमा हेरिसक्नुभएको छ, सबैलाई धन्यबाद दिन चाहन्छु,’ गायक हिमाल सागरले भने ।
मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय छ । उक्त गीतमा शब्द तथा संगीत बिमल अधिकारीको छ भने कमल सौरागले एरेन्ज गरेका छन् ।
म्यूजिक भिडियोलाई भावना म्यूजिक सोलुसनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतको भिडियो हेर्नुहोस्:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५