सोमबार, चैत २४, २०८१
बेल्जियमलाई पराजित गर्दै विश्वकपमा मोरक्कोको पहिलो जीत


रासस
नोभेम्बर २७, २०२२

तस्बिर- एएफपी
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मोरक्कोले बेल्जियमलाई पराजित गर्दै विश्वकपमा पहिलो जीत दर्ता गरेको छ ।
मोरक्कोले बेल्जियमलाई २–० गोलअन्तरले पराजित गरेको हो । मोरक्कोका लागि अब्देलहामिद साबिरीले खेलको ७३औँ मिनेटमा ‘फ्रि किक’मार्फत् गोल गरेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा जाकारिया अबोउखलालले गोल गरेपछि मोरक्कोले २–० को जीत हात पारयो ।
जीतसँगै समूह एफमा मोरक्को शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोले दुई खेलमा चार अंक जोडेको छ ।
समूहमा बेल्जियमको तीन, क्रोएसिया एक र क्यानडा शुन्य अंक छ । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्यानाडा र क्रोएसिया भिड्नेछन् । उक्त खेल नेपाली समयानुसार ९:४५ बजे सुरु हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५